Quotessence
Home / Books / विप्लवी [Biplavi]

विप्लवी [Biplavi]

Book by Sanu Sharma · 8 quotes · Nepali, Nepali Quotes, Nepali Writers

Filter quotes by topic

विप्लवी [Biplavi] Quotes

“यसै होइन, प्रगाढ सम्बन्धमा सात रङ्ग हुनुपर्छ भनेको । पहिलो रङ्ग विश्वासको । दोस्रो, मान र कम्फर्टको । तेस्रो, बराबरी र स्वतन्त्रताको । चौथो, माया र आस्थाको । पाँचौँ, पहिचान र पुलपुलाहटको । छैठौँ, पर्वाह र पीरको । र सातौँ — आत्मा र शरीरको ।”

“एक पटकको बर्षात्‌ले कतिन्जेल भिजाएर राख्न सक्छ र धरतीलाई ? धरतीलाई ओसिलो र मलिलो राख्न बर्षात्‌ भई नै रहनुपर्छ । पुरुषहरू शायद यो बुझ्नै सक्दैनन् । त्यसैले त एकै सिजनमा मायाले निथ्रुक्क भिजाएर बाँकी जीवन बर्सिनै बिर्सिदिन्छन् उनीहरू । र चाहन्छन् त्यही एक सिजनको बर्षात्‌को सहारामा हामी महिलाहरू आजीवन भिजिरहौँ । कसरी सम्भव हुनसक्छ यो ?”

“जुन पुरुष लोग्ने मात्र बन्छ, उसका बाउआमाले दुःख पाउँछन्, अनि जुन पुरुष छोरो मात्र बन्छ, उसकी स्वास्नीले दुःख पाउँछे ।”