Quotessence
Home / Topics / Quote By Nepali Writers Quotes

Quote By Nepali Writers Quotes

Browse 46 quotes about Quote By Nepali Writers.

Quote By Nepali Writers Quotes

“यसै होइन, प्रगाढ सम्बन्धमा सात रङ्ग हुनुपर्छ भनेको । पहिलो रङ्ग विश्वासको । दोस्रो, मान र कम्फर्टको । तेस्रो, बराबरी र स्वतन्त्रताको । चौथो, माया र आस्थाको । पाँचौँ, पहिचान र पुलपुलाहटको । छैठौँ, पर्वाह र पीरको । र सातौँ — आत्मा र शरीरको ।”

“When you're comfortable within yourself, you don't care about others' problems or the challenges they face in life. However, when you're in distress, the memories of those you've abandoned leaving in dire situations, come back to haunt you. How selfish humans are!”

“कवितामा प्रयोग भएका कतिपय शब्दहरू कागजमा स्थिर रहँदा पनि म तिनलाई गतिशील देख्ने गर्दछु ।ऴठ्याक्कै आफू नभएर आफ्नो हिँडाइमा आफैंले छेकेर अदृष्य बनाएका दृष्यहरू नै तिनका अर्थ हुँदा रहेछन्‌।ती शब्दहरू नसुनिने एकएक सुमधुर सङ्गीतमा वाक्यखण्ड भएर कागजबाहिर गुनगुनाइरहेका हुँदा रहेछन्‌ ।”

“Before getting translated, a poem already gets shrunk or expanded within the ‘sphere of intellect’ of the translator in the original language, and it again gets shrunk or expanded within the ‘sphere of intellect’ of the translator in the target language. Thus, in the translation of poetry there exists a possibility of the components like imagination, art of wordplay, skill of constructing internal rhythm and expansion of knowledge of the poet getting affected by the constraint and different methods employed by the translator.”

“In the translation of poetry, there exists a possibility of the components like imagination, art of wordplay, skill of constructing internal rhythm and expansion of knowledge of the poet getting affected by the constraint and different methods employed by the translator.”

“कविता कविबाट निस्किएर पाठकमा प्रवेश गरेपछि पाठकको चेतनावृत्तमा समाहित हुन्छ । एउटा पाठकले कवितालाई आफ्नो चेतनाभन्दा बाहिर फैल्याएर ग्रहण गर्न सक्दैन, बरू खुम्च्याएर गर्न सक्छ । यसो हुने हुनाले प्रत्येक कविता हरेक पाठकमा पुग्दा कुनै न कुनै रूपमा फेरिएर पुग्ने सम्भावना सँधै रहिरहेको हुन्छ । यो ‘फेरिनु’ प्रकारान्तरले अनूदित हुनु नै हो । त्यसैले कविताको प्रत्येक बुझाइ एउटा अनुवाद हो ।”

“पाठकले कवितालाई आफ्नो चेतनाभन्दा बाहिर फैल्याएर ग्रहण गर्न सक्दैन, बरू खुम्च्याएर गर्न सक्छ ।”

“कविता अर्को भाषामा अनूदित हुनु अघि मूलभाषामै अनुवादकको चेतनाको आकारभित्र खुम्चिने वा फैलिने भइसकेको हुन्छ, अर्को भाषामा अनूदित हुँदा त्यो फेरि अनुवादकको लक्षित भाषाको चेतनावृत्तभित्र अझ खुम्चिने वा अझ फैलिने गर्दछ ।”

“कविताको अनुवादमा कविको कल्पनाशक्ति, शब्दकौशल, साङ्गीतिक चेत, ज्ञानको आकार आदि अवयवहरू अनुवादकको सीमितता वा वैशिष्ट्यबाट प्रभावित हुने सम्भावना रहन्छ ।”

“कविता अर्को भाषामा अनूदित हुनु अघि मूलभाषामै अनुवादकको चेतनाको आकारभित्र खुम्चिने वा फैलिने भइसकेको हुन्छ, अर्को भाषामा अनूदित हुँदा त्यो फेरि अनुवादकको लक्षित भाषाको चेतनावृत्तभित्र अझ खुम्चिने वा अझ फैलिने गर्दछ । त्यसले गर्दा कविताको अनुवादमा कविको कल्पनाशक्ति, शब्द कौशल, साङ्गीतिक चेत, ज्ञानको आकार आदि अवयवहरू अनुवादकको सीमितता वा वैशिष्ट्यबाट प्रभावित हुने सम्भावना रहन्छ ।”

“भरिएको भाँडो खाली नगरेसम्म त्यसमा अरू केही राख्न मिल्दैन । अतीतको दुःखलाई समातेर राखिरहे वर्तमानको सुख र खुसीलाई कसरी र कहाँ ठाउँ दिने ?”

“सिर्जनात्मक अभिव्यक्तिको सामर्थ्य तथा सौन्दर्य तिनको शब्दसञ्चालन शिल्प तथा अनुभूतिको कलात्मक सम्प्रेषण नै रहेछ।”

“अन्य भाषाका शब्दलाई कविताबाट झिकेर नेपालीमा चोब्दै राख्दै गरेर मात्र नहुँदोरहेछ । तिनलाई पखालेर, धोएर, कुँदेर, सकेसम्म सिँगारेर जतनसाथ राख्नु पर्दोरहेछ ।”

“कविता पढ्नु र अझभित्र पसेर कविता अध्ययन गर्नु एउटा योग हो भन्ठान्छु, म । यसलाई काव्ययोग भन्न पनि सकिएला ।”

“भाषा भनेको दृष्य र सङ्गीतको सम्मिश्रण रहेछ । हामी दृष्य र सङ्गीत बोल्दारहेछौँ ।”

“ठ्याक्कै आफू नभएर आफ्नो हिँडाइमा आफैंले छेकेर अदृष्य बनाएका दृष्यहरू नै कविताका अर्थ हुँदा रहेछन्‌ ।”

“सिर्जनात्मक अभिव्यक्तिको सामर्थ्य तथा सौन्दर्य तिनको शब्दसञ्चालन शिल्प तथा अनुभूतिको कलात्मक सम्प्रेषण नै रहेछ । कवितामा प्रयोग भएका कतिपय शब्दहरू कागजमा स्थिर रहँदा पनि म तिनलाई गतिशील देख्ने गर्दछु । ठ्याक्कै आफू नभएर आफ्नो हिँडाइमा आफैंले छेकेर अदृष्य बनाएका दृष्यहरू नै तिनका अर्थ हुँदा रहेछन्‌ । ती शब्दहरू नसुनिने एकएक सुमधुर सङ्गीतमा वाक्यखण्ड भएर कागजबाहिर गुनगुनाइरहेका हुँदा रहेछन्‌ । भाषा भनेको नै त्यही दृष्य र सङ्गीतको सम्मिश्रण रहेछ । हामी दृष्य र सङ्गीत बोल्दारहेछौँ ।”

“कवितामा प्रयोग भएका कतिपय शब्दहरू कागजमा स्थिर रहँदा पनि म तिनलाई गतिशील देख्ने गर्दछु ।”

“कविताको अनुवादमा दुईवटा कुराको सन्तुलन अत्यन्त आवश्यक हुनेरहेछ । पहिलो, मूलभाषाले अनुवाद हुने भाषामा गर्ने हस्तक्षेप र दोस्रो, त्यसलाई जोगाउन खोज्दा कविको मूल शैलीमाथि अनुवादकको हस्तक्षेप ।”

“कतिपय अवस्थामा अन्य भाषामा लेखिएका कवितालाई तिनको शैली जस्ताको तस्तै अनुवाद गर्दा ओल्लो भाषामा त्यसले हस्तक्षेप गर्दो रहेछ र त्यहाँ नमिल्ने र कुरो नबुझिने वाक्यांश भएर आउँदो रहेछ । र फेरि त्यस किसिमको हस्तक्षेप हुन नदिन ओर्तिरकै भाषामा चलिरहेको संरचनामा अनुवाद गर्दा मूल कविको शैलीमाथि अनुवादकको हस्तक्षेप हुन पुग्दोरहेछ ।”

“कविताको अनुवादमा दुईवटा कुराको सन्तुलन अत्यन्त आवश्यक हुनेरहेछ । पहिलो, मूलभाषाले अनुवाद हुने भाषामा गर्ने हस्तक्षेप र दोस्रो, त्यसलाई जोगाउन खोज्दा कविको मूल शैलीमाथि अनुवादकको हस्तक्षेप । कतिपय अवस्थामा अन्य भाषामा लेखिएका कवितालाई तिनको शैली जस्ताको तस्तै अनुवाद गर्दा ओल्लो भाषामा त्यसले हस्तक्षेप गर्दो रहेछ र त्यहाँ नमिल्ने र कुरो नबुझिने वाक्यांश भएर आउँदो रहेछ । र फेरि त्यस किसिमको हस्तक्षेप हुन नदिन ओर्तिरकै भाषामा चलिरहेको संरचनामा अनुवाद गर्दा मूल कविको शैलीमाथि अनुवादकको हस्तक्षेप हुन पुग्दोरहेछ ।”

“अन्य भाषाका शब्दलाई कविताबाट झिकेर नेपालीमा चोब्दै राख्दै गरेर मात्र नहुँदोरहेछ । तिनलाई पखालेर, धोएर, कुँदेर, सकेसम्म सिँगारेर जतनसाथ राख्नु पर्दोरहेछ । सिर्जनाको अनुवाद गर्नु भनेको प्रतिसिर्जना वा अधिसिर्जना गर्नु रहेछ।त्यसैले मैले यहाँ शब्दको अनुवाद गरेको छैन । अर्थ वा भावको वा अझ त्यसभन्दाभित्र बरू ती शब्दहरूले छेकेर बसेका दृष्य र सङ्गीतहरूको अनुवाद गर्ने प्रयास गरेको छु ।”

“• एजुकेसन जरुरी हुन्छ मलाई थाहा छ । तर संस्कार बिनाको एजुकेसन र फूल बिनाको भास उस्तै हुन्छ । भास जति महङ्गो र सुन्दर भए पनि फूल बिना त्यसको महत्व हुँदैन, अर्थ हुँदैन । त्यस्तै, संस्कार बिनाको शिक्षाले मानिसलाई शिक्षित त बनाउला तर सबल र सम्पूर्ण बनाउन सक्दैन । संस्कार घरका बुज्रुग र ठूलाहरूले सिकाउॅछन्, डेलिगेट गर्छन् । तर आदरणीयहरूमै संस्कार छैन भने तिनले सानालाई के सिकाउॅछन्, के डेलिगेट गर्छन् ? आशा छ यो सत्य तिमीहरूले कहिल्यै बिर्सने छैनौ ।”

“एक पटकको बर्षात्‌ले कतिन्जेल भिजाएर राख्न सक्छ र धरतीलाई ? धरतीलाई ओसिलो र मलिलो राख्न बर्षात्‌ भई नै रहनुपर्छ । पुरुषहरू शायद यो बुझ्नै सक्दैनन् । त्यसैले त एकै सिजनमा मायाले निथ्रुक्क भिजाएर बाँकी जीवन बर्सिनै बिर्सिदिन्छन् उनीहरू । र चाहन्छन् त्यही एक सिजनको बर्षात्‌को सहारामा हामी महिलाहरू आजीवन भिजिरहौँ । कसरी सम्भव हुनसक्छ यो ?”

“जुन पुरुष लोग्ने मात्र बन्छ, उसका बाउआमाले दुःख पाउँछन्, अनि जुन पुरुष छोरो मात्र बन्छ, उसकी स्वास्नीले दुःख पाउँछे ।”