Quotessence
Home / Topics / Nepali Novel Quotes

Nepali Novel Quotes

Browse 18 quotes about Nepali Novel.

Nepali Novel Quotes

“सम्बन्धमा यदि सहजता भएन भने जिब्रोको टुप्पोमा आएर बसेको कुरा पनि मुखबाट निस्कन नसकेर मनतिरै फर्कन्छ र गाँठो परेर बसिदिन्छ ।”

“चिसा सम्बन्धहरूलाई मनको न्यानोले पनि तताउन सक्दैन शायद । या फेरि मन नपरेका मान्छेहरूको वरिपरिका सम्बन्धहरू आँखा अगाडि नै भैरहे पनि ओझेलमा पर्दा रहेछन् ।”

“कसैको यादमा अटाउनलाई मानिसले आफ्नो स्वार्थ बाहिरै छोडेको हुनुपर्छ, किनकि स्वार्थ र सुखद स्मृति एकै ठाउँमा अटाउन सक्दैन ।”

“लडेर हार्नु र हतियार नै नउठाई हार मान्नुमा धेरै फरक हुन्छ । बराबरीको लडाईंमा तिमी हाऱ्यौ भने योद्धा हौ र हतियार नै नउठाई हार स्वीकार गऱ्यौ भने कायर ।”

“समथर बाटो सधैँभरी समथर कहिल्यै हुँदैन, अगाडि कतै न कतै उकालो, ओरालो या भिरालो पक्कै भेटिन्छ । यो बाटोको प्रवृति हो । त्यसैले सजिलो बाटोमा पुगेपछि लठ्ठी फ्याँकिहाल्नु हुँदैन ।”

“केवल महसूस गर्नुमा हुन्छ माया । दु:खमा, सुखमा अडिग भएर साथ रहनुमै हुन्छ माया । विश्वास गर्नुमा भन्दा विश्वास जोगाउनुमै हुन्छ माया । धम्की दिएर , दवाव दिएर होइन, मन जितेर लिनुमा हुन्छ माया ।”