Quotessence
Home / Authors / Sanu Sharma

Sanu Sharma Quotes

Author

Filter quotes by topic

Famous Sanu Sharma Quotes

“एकपटक लडेर नराम्ररी घाइते भएको, चोट खाएको मान्छे उठेर नहिँड्दासम्म उसलाई त्यो गर्नसक्छु भन्ने आत्मविश्वास हुँदैन ।”

“यसै होइन, प्रगाढ सम्बन्धमा सात रङ्ग हुनुपर्छ भनेको । पहिलो रङ्ग विश्वासको । दोस्रो, मान र कम्फर्टको । तेस्रो, बराबरी र स्वतन्त्रताको । चौथो, माया र आस्थाको । पाँचौँ, पहिचान र पुलपुलाहटको । छैठौँ, पर्वाह र पीरको । र सातौँ — आत्मा र शरीरको ।”

“When you're comfortable within yourself, you don't care about others' problems or the challenges they face in life. However, when you're in distress, the memories of those you've abandoned leaving in dire situations, come back to haunt you. How selfish humans are!”

“कति बेहिस्सीको हुँदै गएको हाम्रो समाज र सम्बन्ध आजकल ? मुख नफोरेसम्म हकको प्रशंसा र स्नेह पनि नपाइने !”

“भरिएको भाँडो खाली नगरेसम्म त्यसमा अरू केही राख्न मिल्दैन । अतीतको दुःखलाई समातेर राखिरहे वर्तमानको सुख र खुसीलाई कसरी र कहाँ ठाउँ दिने ?”

“• एजुकेसन जरुरी हुन्छ मलाई थाहा छ । तर संस्कार बिनाको एजुकेसन र फूल बिनाको भास उस्तै हुन्छ । भास जति महङ्गो र सुन्दर भए पनि फूल बिना त्यसको महत्व हुँदैन, अर्थ हुँदैन । त्यस्तै, संस्कार बिनाको शिक्षाले मानिसलाई शिक्षित त बनाउला तर सबल र सम्पूर्ण बनाउन सक्दैन । संस्कार घरका बुज्रुग र ठूलाहरूले सिकाउॅछन्, डेलिगेट गर्छन् । तर आदरणीयहरूमै संस्कार छैन भने तिनले सानालाई के सिकाउॅछन्, के डेलिगेट गर्छन् ? आशा छ यो सत्य तिमीहरूले कहिल्यै बिर्सने छैनौ ।”

“कामना गरिरा'छु - बाटोमा फेरि कोही यस्तो नभेटियोस्, जसलाई मेरो 'म' बाहेक मसँग जोडिएका बाँकी अरू सबै कुराप्रति चासो होस् ।”

“केवल महसूस गर्नुमा हुन्छ माया । दु:खमा, सुखमा अडिग भएर साथ रहनुमै हुन्छ माया । विश्वास गर्नुमा भन्दा विश्वास जोगाउनुमै हुन्छ माया । धम्की दिएर , दवाव दिएर होइन, मन जितेर लिनुमा हुन्छ माया ।”

“एक पटकको बर्षात्‌ले कतिन्जेल भिजाएर राख्न सक्छ र धरतीलाई ? धरतीलाई ओसिलो र मलिलो राख्न बर्षात्‌ भई नै रहनुपर्छ । पुरुषहरू शायद यो बुझ्नै सक्दैनन् । त्यसैले त एकै सिजनमा मायाले निथ्रुक्क भिजाएर बाँकी जीवन बर्सिनै बिर्सिदिन्छन् उनीहरू । र चाहन्छन् त्यही एक सिजनको बर्षात्‌को सहारामा हामी महिलाहरू आजीवन भिजिरहौँ । कसरी सम्भव हुनसक्छ यो ?”

“जुन पुरुष लोग्ने मात्र बन्छ, उसका बाउआमाले दुःख पाउँछन्, अनि जुन पुरुष छोरो मात्र बन्छ, उसकी स्वास्नीले दुःख पाउँछे ।”